काठमाडौं– श्रीलंकाले आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ। श्रीलंका क्रिकेटले दसुन शनकाको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।
प्रतिबन्धका कारण कुशल मेन्डिस, दनुश्का गुनाथलिका र निरोशन डिक्वेला टिममा परेका छैनन्।
विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ। यूएई र ओमानमा आयोजना हुने विश्वकपमा श्रीलंका पहिलो चरणको समूह ‘ए’ मा रहेको छ।
यस समूहमा श्रीलंकासँगै आयरल्याण्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।
यस्तो छ श्रीलंकाको टिम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।