काठमाडौं- उपकप्तान दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिज गुमाउने भएका छन्।
अभ्यासको क्रममा यसैसाता दायाँ खुट्टाको एंकलमा चोट लागेपछि ओमान भ्रमणका सबै खेलहरु गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो।
दीपेन्द्रले दुई हप्ता अराम गर्ने बताइएको छ। चोटका कारण पपुवा न्युगिनी (पीएनजी) सँगको दुई ओडिआईमा पनि उनी बेन्चमा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।