काठमाडौं- वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।
विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा बायाँ हाते ओपनर चन्द्रपाउललाई टोलीमा भित्र्याएको हो।
चन्द्रपाउलले ६ ओडिआई, ३१ प्रथम श्रेणी, ४० लिष्ट ए र ३० टि२० खेल खेलेका छन्। ६ ओडिआईमा उनले ८२ रन बनाएका छन्।
यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा र क्यानडाका तीव्र गतिका बलर रयानखान पठानलाई अनुबन्ध गरेको थियो।
ईपीएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।