काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि न्युकासल युनाइटेडविरुद्ध सुरुवाती ११ मा खेल्दै दोस्रो डेब्यू गरेका छन्।
प्रशिक्षक ओले गुनार सोल्साएरले रोनाल्डोलाई शनिबारको खेलमा आक्रमणको जिम्मेवारी सुम्पिदै डेब्यू गराएका हुन्।
रोनाल्डोसँगै युनाइटेडको आक्रमणमा यसै सिजन आबद्ध भएका जेडन सान्चो र मेसन ग्रीनवुड रहेका छन्।
उनीहरुलाई मिडफिल्डर ब्रुनो फर्नान्डेस, पल पोग्बा र नेमान्जा माटिचले साथ दिइरहेका छन्।
डिफेन्समा आरोन वान बिसाका, राफैल भारान, ह्यारी मगाएर र लुक शा रहेका छन्। गोलरक्षक डेविड दे हेया रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।