काठमाडौं- आईसीसी टि २० विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्सले टिम घोषणा गरेको छ। चौथौपटक विश्वकपमा सहभागिता जनाउन लागेको नेदरल्यान्ड्सले पिटर सिलारको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।
पीटरका साथै टोबियास भिसी र शेन स्नेटर पनि टोलीमा रहेका छन्। यस्तै, टोलीमा पल भान मेरकेरेन, बेन कूपर, र स्टीफन माइबर्ग पनि समेटिएका छन्।
नेदरल्यान्ड्सको सबैभन्दा परिचित खेलाडी रयान टेन डोस्चेट पनि टोलीमा छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइजी कोलकाता नाइट राइडर्सको लागि लामो समयसम्म खेलेका छन्।
अर्का रोलोफ भान डेर मर्वेले दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलेका छन्।
युएई र ओमानमा आयोजना हुने विश्वकप १७ अक्टोबरबाट १४ नोभेम्बरसम्म हुनेछ। विश्वकपमा नेदरल्यान्ड्स पहिलो चरणको समूह 'ए' मा रहेको छ।
यस समूहमा श्रीलंका, आयरल्याण्ड र नामिबिया रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।