• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित, सन्दीपले लिए ६ विकेट

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २५, २०७८  २२:०४
1140x725

काठमाडौं- लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै करिअरकै उत्कृष्ट प्रदर्शन गर्दा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा कीर्तिमानी जित हात पारेको छ।   

नेपालले पीएनजीलाई दोस्रो ओडीआईमा १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो। रन अन्तरमा नेपालको यो अहिलेसम्मकै ठूलो जित हो। नेपालले १२ ओडीआई खेल्दा ६ पटक पहिला ब्याटिङ गरेको छ।

 यसअघि नेपालले २०१९ मा दुबईमा युएईलाई १४५ रनले हराएको थियो। त्यतिबेला नेपालले ९ विकेट गुमाउँदै २४२ रन बनाएको थियो। युएई भने ९७ रनमा अलआउट भएको थियो।

आजको खेलमा पीएनजीलाई सस्तैमा समेट्न सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए। सन्दीपले त्यसका लागि मात्र ११ रन खर्चिए। योसँगै सन्दीपको विकेट संख्या ३३ पुगेको छ।

उनले दोस्रोपटक ओडीआईमा ६ विकेट लिएका हुन्। १२ फेब्रुअरी २०२० मा कीर्तिपुरमा अमेरिकाविरुद्ध भएको खेलमा उनले १६ रन दिएर ६ विकेट लिएका थिए। 

नेपालबाट पहिलो पटक ५ विकेट लिने बलर भने सोमपाल कामी हुन्। उनले युएईविरुद्ध दुबईमा २३ जनवरी २०१९ मा यो सफलता पाएका थिए। अहिलेसम्म यी २ खेलाडीले मात्र एउटै खेलमा ५ विकेट लिएका छन्।

पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए। यस्तै, चार्ल्स अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए। 

गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सन्दीपबाहेक सोमपाल कामी, विक्रम सोब र सुशान भारीले एक एक विकेट लिए।

Ncell 2
Ncell 2

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो। खराव सुरुवात गरेको नेपालले रोहित पौडेल र कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनमा पपुवा न्यू गिनी सामू मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। 

ज्ञानेन्द्र र रोहितले नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारीको कीर्तिमान बनाए। उनीहरुले पीएनजीविरुद्ध ८९ रनको साझेदारी गरे। ज्ञानेन्द्र ४५ रन बनाएर बाहिरिए। पपुवा न्यू गिनीका चाड सोपरले मल्ललाई एलबीडब्लू धरापमा पारेर उक्त साझेदारी तोडेका थिए। तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्ने क्रममा ज्ञानेन्द्रले दुई छक्का र तीन चौका प्रहार गरे भने रोहित पौडेलले दुई छक्का र एक चौका प्रहार गरे। 

यसअघि नेपालका लागि सर्वाधिक साझेदारीको कीर्तिमान कुशल मल्ल र विनोद भण्डारीको नाममा थियो। उनीहरुले ८ फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध भएको खेलमा छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको उक्त खेल कीर्तिपुरमा भएको थियो।

तेस्रो विकेटको लागि नेपालको सर्वाधिक साझेदारी भने ६२ रनको थियो। शरद भेषवाकर र दीपेन्द्रसिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतकै खेलमा ओमानविरुद्ध उक्त साझेदारी गरोक हुन्। त्यो खेल ५ फेब्रुअरी २०२० मा कीर्तिपुरमै भएको थियो।

आज पीएनजीविरुद्ध राैहितले १२३ बलमा ३ छक्का र २ चौकासहित ८६ रन बनाए। त्यस्तै, करण केसीले २६ बलमा ४२, विनोद भण्डारीले १७ र सोमपाल कामीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्। 

पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए। चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  २२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
सम्बन्धित सामग्री
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । एनपीएलको उपाधी ल... मंगलबार, पुस २२, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन टोलीका कर्मचारी र मेडिकल टोलीले तुरुन्तै सिपिआर दिए र उनलाई एम्बुलेन्सबाट अल हरामैन अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित... आइतबार, पुस १३, २०८२
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्