• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित, सन्दीपले लिए ६ विकेट

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २५, २०७८  २२:०४
1140x725

काठमाडौं- लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै करिअरकै उत्कृष्ट प्रदर्शन गर्दा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा कीर्तिमानी जित हात पारेको छ।   

नेपालले पीएनजीलाई दोस्रो ओडीआईमा १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो। रन अन्तरमा नेपालको यो अहिलेसम्मकै ठूलो जित हो। नेपालले १२ ओडीआई खेल्दा ६ पटक पहिला ब्याटिङ गरेको छ।

 यसअघि नेपालले २०१९ मा दुबईमा युएईलाई १४५ रनले हराएको थियो। त्यतिबेला नेपालले ९ विकेट गुमाउँदै २४२ रन बनाएको थियो। युएई भने ९७ रनमा अलआउट भएको थियो।

आजको खेलमा पीएनजीलाई सस्तैमा समेट्न सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए। सन्दीपले त्यसका लागि मात्र ११ रन खर्चिए। योसँगै सन्दीपको विकेट संख्या ३३ पुगेको छ।

उनले दोस्रोपटक ओडीआईमा ६ विकेट लिएका हुन्। १२ फेब्रुअरी २०२० मा कीर्तिपुरमा अमेरिकाविरुद्ध भएको खेलमा उनले १६ रन दिएर ६ विकेट लिएका थिए। 

नेपालबाट पहिलो पटक ५ विकेट लिने बलर भने सोमपाल कामी हुन्। उनले युएईविरुद्ध दुबईमा २३ जनवरी २०१९ मा यो सफलता पाएका थिए। अहिलेसम्म यी २ खेलाडीले मात्र एउटै खेलमा ५ विकेट लिएका छन्।

पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए। यस्तै, चार्ल्स अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए। 

गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सन्दीपबाहेक सोमपाल कामी, विक्रम सोब र सुशान भारीले एक एक विकेट लिए।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो। खराव सुरुवात गरेको नेपालले रोहित पौडेल र कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनमा पपुवा न्यू गिनी सामू मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। 

ज्ञानेन्द्र र रोहितले नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारीको कीर्तिमान बनाए। उनीहरुले पीएनजीविरुद्ध ८९ रनको साझेदारी गरे। ज्ञानेन्द्र ४५ रन बनाएर बाहिरिए। पपुवा न्यू गिनीका चाड सोपरले मल्ललाई एलबीडब्लू धरापमा पारेर उक्त साझेदारी तोडेका थिए। तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्ने क्रममा ज्ञानेन्द्रले दुई छक्का र तीन चौका प्रहार गरे भने रोहित पौडेलले दुई छक्का र एक चौका प्रहार गरे। 

यसअघि नेपालका लागि सर्वाधिक साझेदारीको कीर्तिमान कुशल मल्ल र विनोद भण्डारीको नाममा थियो। उनीहरुले ८ फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध भएको खेलमा छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको उक्त खेल कीर्तिपुरमा भएको थियो।

तेस्रो विकेटको लागि नेपालको सर्वाधिक साझेदारी भने ६२ रनको थियो। शरद भेषवाकर र दीपेन्द्रसिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतकै खेलमा ओमानविरुद्ध उक्त साझेदारी गरोक हुन्। त्यो खेल ५ फेब्रुअरी २०२० मा कीर्तिपुरमै भएको थियो।

आज पीएनजीविरुद्ध राैहितले १२३ बलमा ३ छक्का र २ चौकासहित ८६ रन बनाए। त्यस्तै, करण केसीले २६ बलमा ४२, विनोद भण्डारीले १७ र सोमपाल कामीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्। 

पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए। चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  २२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते
ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन
कोशीमा भारी वर्षाको चेतावनी
सम्बन्धित सामग्री
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा २ खेलको नतिजा नआउँदा २४ अंक सहित नेपाल लिग टु अंक तालिकाको पाँचौ स्थानमा रहेको छ।  अमेरिका ४३ अंक सहित पहिलो र स्कटल्याण्ड ३८ अंक सह... शुक्रबार, असार १२, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ। सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन शनिबार, असार १३, २०८३
कोशीमा भारी वर्षाको चेतावनी शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्