काठमाडौं- पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलिरहेको नेपालले दोस्रो सफलता प्राप्त गरेको छ।
ओमानको अल इमिरेट क्रिकेट मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछएको पीएनजीले दोस्रो विकेट गुमाएको हो।
बिक्रम सोबले नेपाललाई दोस्रो विकेटको सफलता दिलाएका हुन्। पीएनजीका कप्तान असाद भाला १ रनमा आउट भए।
पीएनजीले २ विकेट गुमाएर ११ रन जोडेको छ। यसअघि नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरको तेस्रो बलमा लेगा सिकालाई आउट गराएका हुन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।