फाइल तस्बिर
काठमाडौँ– पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।
पौडेलले ७९ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले दुई छक्का र एक चौका प्रहार गरका छन्। उनी ३७ रनमा ‘ड्रप’ भएका थिए।
पौडेलको यो दोस्रो अर्धशतक हो। उनले यूएईविरुद्ध पनि अर्धशतक बनाएका थिए। नेपालबाट ओडीआईमा दुई अर्धशतक हान्ने ज्ञानेन्द्र मल्ल मात्र थिए। पूर्वकप्तान पारस खड्काले भने एक शतक र एक अर्धशतक बनाएका थिए।
नेपाल अहिले ३४ ओभरमा चार विकेट क्षतिमा १३८ रन बनाएर खेलिरहेको छ। विनोद भण्डारी १७ रन बनाएर रन आउट भएका छन्। यसअघि कुशल भुर्तेल र आसिफ सेख दुवैले ३–३ रन बनाएर बाहिरिएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाएका थिए।
अब ब्याटिङमा सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, विक्रम सोब र सुशन भारी आउन बाँकी छन्। आज शरद भेषवाकर, आरिफ सेख र पवन सर्राफलाई आराम दइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।