फाइल तस्बिर
काठमाडौँ– एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा कप्तान ज्ञानेन्द्र मल्ल आफ्नो तेस्रो अर्धशतक बनाउन चुकेका छन्। उनी ४५ रनमा एलबीडब्लू धरापमा परेका छन्।
मल्लले दुई छक्का र तीन चौकासहित ४५ रन बनाउन ७० बल खेले। मल्लले रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे।
नेपाल अहिले २४.४ ओभरमा १०३ रनमा खेलिरहेको छ। क्रिजमा रोहित पौडेल ३७ रन बनाएर खेलिरहेका छन्। उनलाई विनोद भण्डारीले साथ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।