पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालका दुवै ओपनर बाहिरिएका छन्।
दोस्रो विकेटका रुपमा कुशल भुर्तेल ३ रन बनाएर बाहिरिए। उनले १० बल खेलेका थिए। यसअघि आसिफ सेख पनि ३ रनमा नै बाहिरिएका थिए।
अहिले कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन्। नेपालले ४.२ ओभरमा ९ रन जोड्न दुई विकेट गुमाएको हो।
यसअघि नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।