फाइल तस्बिर
पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलिरहेको नेपालको पहिलो विकेट गुमेको छ। आसिफ सेख ३ रन बनाएर बाहिरिएका छन्।
नेपालले तेस्रो ओभरमा विकेट गुमाएको हो। आसिफ ६ बल खेल्दै बाहिरिएका हुन्। अहिले कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल क्रिजमा छन्। नेपालले २.२ ओभरमा एक विकेटको क्षतिमा ६ रन जोडेको छ।
यसअघि नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ।
पीएनजीविरुद्ध पहिलो ओडीआई खेलेका शरद भेषवाकर, आरिफ सेख र पवन सर्राफलाई आराम दिइएको छ। उनीहरुको स्थानमा करण केसी, विनोद भण्डारी र सुशन भारीलाई खेलाइएको छ।
आज नेपालले पहिलो पटक डे–नाइट ओडीआई खेलिरहेको छ। यसअघि नेपालले ११ वटा ओडीआई दिउँसो खेलेको थियो। १२औँ ओडीआई पहिलो पटक फ्लड लाइटमा खेलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।