काठमाडौं– आगमी अक्टोबर–नोभेम्बरमा युएई र ओमानमा हुने टी २० विश्वकपका वेस्ट इन्डिजले टिम घोषणा गरेको छ।
साविक विजेता वेस्ट इन्डिजले केइरन पोलार्डको कप्तानीमा विश्वकपका लागि टिम घोषणा गरेको हो।
टिममा लामो समयपछि रबि रामपालले पुनरागमन गरेका छन्। उनी २०१५ पछि पहिलो पटक टिममा परेका हुन्।
नियमित खेलाडी कार्लोस ब्रेथवेट भने विश्वकपको टिममा अटाएका छैनन्।
युएई र ओमानमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
विश्वकपको खेल तालिकाअन्तर्गत वेस्ट इन्डिज इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अष्ट्रेलियासहित समूह ए मा रहेको छ।
यस्तो छ टिम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।