काठमाडौं- आगमी अक्टोबर-नोभेम्बरमा युएई र ओमानमा हुने टी २० विश्वकपको लागि भारतीय टोलीको घोषणा गरिएको छ।
भारतीय क्रिकेट बोर्डले कप्तान विराट कोहलीको नेतृत्वमा बुधबार भारतीय टोलीको घोषणा गरेको हो।
टोलीमा रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र अश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शमी रहेका छन्।
श्रेयार अय्यर, शार्दुल ठाकुर र दीपक चाहरलाई स्ट्यान्डबाई राखिएको छ।
बीसीसीआई सचिव जय शाहक अनुसार भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई टोलीको ‘मेन्टर’ नियुक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।