काठमाडौं- घरेलु टिम बंगलादेशले पाँच खेलको टी २० क्रिकेट सिरिज जितेको छ।
ढाकामा बुधबार भएको चौंथो खेलमा न्युजिल्याण्डविरुद्ध ६ विकेटको जित हासिल गर्दै ऐतिहासिक सिरिज जितेको हो। जितसँगै बंगलादेशले सिरिजमा ३–१ को अग्रतासमेत बनाएको छ।
न्यूजिल्यान्डले दिएको ८४ रनको सामान्य लक्ष्य बंगलादेशले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो।बंगलादेशका लागि कप्तान ममुदउल्लाहले अविजित रहँदै सर्वाधिक ४३ रनको योगदान दिए।
उनले ४८ बलमा १ चौका र २ छक्का प्रहार गरे। यता, मोहमद नाइमले २९, सकिबल हसनले ८, लिथन दासले ६ र अफिफ हुसैनले ६ रन बनाए।
न्युजिल्याण्डका अजाज पलेटले ४ ओभरमा ९ रन दिएर २ विकेट लिए। यता, कोल म्याकोन्चीले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ थालेको न्युजिल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै ९३ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि विल योङले सर्वाधिक ४६ रन बनाएका थिए। उनले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै, कप्तान टम लाथमले २१ र फिन एलनले १२ रन बनाए।
बंगलादेशका नासुम अहमेदले ४ ओभर बलिङ गर्दै २ मिडेन ओभर राखेर १० रन खर्चिए। यता, मुस्ताफिजुर रहमानले ३ ओभर १ बल फ्याँक्दै १२ रन खर्चिएर ४ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।