काठमाडौं- चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक गरिएको छ।
बुधबार आयोजक ईपीएल प्रालिले सार्वजनिक गरेको तालिका अनुसार साविक विजेता ललितपुर प्याट्रियट्सले उद्घाटन खेलमा काठमाडौं किंग्स–११ सँग प्रतिस्पर्धा गर्नेछ।
आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ। त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन्। क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ।
फाइनल असोज २३ गते शनिबार हुने छ। विजेताले ५० लाख रुपैयाँ तथा उपविजेताले १५ लाख प्रदान गर्ने आयोजक ईपीएल प्रालिले जनाएको छ।
लिगमा ललितपुर र काठमाडौंसँगै विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।