काठमाडौं- क्यानडाका रायन पठानले विराटनगर वारियर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
विराटनगरले बुधबार पठानलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जानकारी दिएको हो।
यसअघि विराटनगरले जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई अनुबन्ध गरेको थियो।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि २३ गतेसम्म टियू क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।