फाइल तस्बिर
काठमाडौँ– पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालले २८औँ ओभरमा लगातार दुई विकेट गुमाएको छ।
कुशल मल्ल ३ बलमा १ रन बनाएर बाहिरिएका छन्। मल्ल वाइड बलमा स्टम्पिङ भए।
त्यस्तै पवन सर्राफ एक बल खेल्दै शून्य रनमै बाहिरिएका छन्। ओडीआईमा गोल्डेन डकआउट हुने उनी नेपालका दोस्रो ब्याट्स्म्यान हुन्। यसअघि रोहित पौडेलले पहिलो पटक ओमानविरुद्ध कीर्तिपुरमा फेब्रुअरी ५, २०२० भएको वल्र्ड क्रिकेट लिग–२ को खेलमा गोल्डेन डकआउट भएका थिए।
नेपाल अहिले २९ ओभरमा ८२/७ को अवस्थामा पुगेको छ। क्रिजमा रोहित पौडेल र सोमपाल कामी छन्। रोहितले १२ रन बनाएका छन्।
यसअघि शरद भेषवाकरले २२ बल खेल्दै ६ रन बनाएर बाहिरिएका थिए। नेपालका लागि आसिफ सेखले सर्वाधिक ३० रन बनाएका छन्। उनले ४६ बलमा चार बाउन्ड्री प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले १५, आरिफ सेखले ९ र ज्ञानेन्द्र मल्लले ६ रन बनाएर बाहिरिए।
ओपनिङ जोडीका रुपमा ओडीआई डेब्यु गरेका कुशल र आरिफले औषत प्रदर्शन गरे। उनीहरुले पहिलो विकेटका लागि ४६ रनका पार्टनरसिप गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।