फाइल तस्वीर
काठमाडौं– पपुवा न्यू गिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याएर ब्याटिङ थालेको नेपालले दुई विकेट गुमाएको छ।
सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले १३ ओभरको समाप्तीमा दुई विकेट गुमाएको हो। नेपालका दुवै ओपरन कुशल भुर्तेल र आसिफ सेख पेभेलियन फर्किएका छन्।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १२औँ ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमाएको हो ।
नेपालले आफ्नो पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । कुशल १५ रन बनाउँदै आउट भए ।
कुशलसँगै ओपनिङमा आएका आसिफ सेख नेपालका लागि दोस्रो विकेटको रूपमा आउट भएका छन् । उनी ३० रन बनाएर आउट भए । उनी १३औँ ओभरको पाँचौं बलमा क्याच आउट भएका हुन् ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३४ रन बनाएको थियो ।
अहिले १४ ओभरको समाप्तीमा नेपालले ५२ बनाउको छ। अहिले ज्ञानेन्द्र मल्ल र आरिफ सेख क्रिजमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।