फाइल तस्बिर
काठमाडौँ– पपुवा न्यू गिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ थालेको छ। नेपालबाट नयाँ ओपनिङ जोडीका रुपमा कुशल भुर्तेल र आसिफ सेख मैदान प्रवेश गरेका छन्।
दुवै जनाले आजै डेब्युको मौका पाएका हुन्। यसअघि टी२० अन्तर्राष्ट्रियमा कुशल र आसिफ दुवैले डेब्यु गरिसकेका छन्। दुवैले गएको १७ अप्रिलमा ‘ट्राइ नेसन सिरिज’मा नेदरल्याण्डविरुद्ध डेब्यु गरेका हुन्। उक्त प्रतियोगितामा पाँच इनिङ ब्याटिङ गर्दा कुशलले चार वटा अर्धशतकसहित २७८ रन बनाएका थिए।
आसिफले पनि उक्त प्रतियोगिताका पाँच इनिङमा १६७ रन बनाएका थिए। उनी नेपालबाट धेरै रन बनाउनेको दोस्रो नम्बरमा थिए। दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि ओडीआईको ढोका खुलेको हो।
आजको खेलमा पहिलो इनिङमा ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा १३४ रनमा अल आउट भयो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। त्यसैगरी विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।