फाइल तस्बिर
काठमाडौं- नेपालविरुद्धको खेलमा पपुवा न्यू गिनी (पीएनजी) का खेलाडी क्रिजमा संघर्ष गरिरहेका छन्। उसले २४औँ ओभरमा ९६ रन बनाउँदा सातौँ विकेट गुमाएको छ।
कुशल मल्ल र सन्दीप लामिछानेले लगातार विकेट लिएका छन्। कुशल मल्लले छैटौँ विकेट हात पारेका हुन्। जारी खेलमा उनको यो दोस्रो विकेट हो।
त्यसैगरी सन्दीपले सातौँ विकेट लिए। उनको व्यक्तिगत रुपमा यो तेस्रो विकेट हो। यसअघि नेपालका विक्रम सोबले पनि दुई विकेट लिएका छन्। विक्रमले डेब्यु गरेको खेलमा पहिलो बलमा नै विकेट लिएका थिए।
पीएनजीले पहिलो विकेट ३ रनमा नै गुमाएको थियो। उसका अनुभवी खेलाडी टोनी उरालाई दोस्रो ओभरको पहिलो बलमा मात्र १ रनमा विक्रम सोबले बोल्ड गरेका थिए। दोस्रो विकेट पनि विक्रमले नै लिए। पीएनजीले ९ रनमा दोस्रो विकेट गुमाएको थियो।
तेस्रो र चौँथो विकेट ५९ रनमा गुमाएको थियो। पाँचौँ विकेट ८५ रनमा गुमेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।