काठमाडौं- पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको खेलमा नेपाललाई पाँचौँ सफलता प्राप्त भएको छ। नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका छन्।
सन्दीपले व्यक्तिगत रुपमा दोस्रो विकेट लिएका हुन्। उनले सेसे बाउलाई १४ रनमा पेभेलियन पठाए। पीएनजीले १९.३ ओभरमा ८५ रन बनाएको छ।
पीएनजीले ११.५ ओभरमा ५९ रन बनाउँदा तेस्रो र चौँथो विकेट गुमाएको थियो। तेस्रो विकेट सन्दीपले र चौँथो विकेट कुशल मल्लले लिएका थिए।
यसअघि नेपालका विक्रम सोबले आफ्नो डेब्यु बलमा नै विकेट लिएर कीर्तिमान राखेका थिए। ओडीआईमा डेब्यु बलमा नै विकेट लिने उनी पहिलो खेलाडी भएका छन्।
दोस्रो विकेट पनि उनले नै लिएका हुन्। पीएनजीले कुल रन ३ हुँदा पहिलो र ९ हुँदा दोस्रो विकेट गुमाएको थियो। तेस्रो विकेटका लागि लेगा सिआका र चाल्र्स अमिनीबीच ५० रनको साझेदारी भयो। अमिनी २३ र सिआकाले ३० रन बनाए।
ओमान भ्रमणमा रहेको नेपालले आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको श्रृङ्खलाको तयारी स्वरुप पीएनजीसँग दुई खेल खेल्दैछ। दोस्रो खेल शुक्रबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।