फाइल तस्बिर
काठमाडौं- पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको खेलमा नेपाललाई तेस्रो र चाैँथाे सफलता प्राप्त भएको छ। नेपालका लागि सन्दीप लामिछाने र कुशल मल्लले विकेट लिएका छन्।
पीएनजीले ११.५ ओभरमा ५९ रन बनाउँदा तेस्रो विकेट गुमाएको हो। सन्दीपले उक्त विकेट लिएका हुन्। सन्दीप नेपालका लागि सबैभन्दा बढी ओडीआई विकेट लिने खेलाडी हुन्। उनले आफ्नो विकेट संख्या २४ पुर्याएका छन्।
लगत्तै बलिङमा आएका कुशल मल्लले चाैँथाे सफलता दिलाए। उनले सर्वाधिक ३० रन बनाएर खेलिरहेका लेगा सिआकालाई आउट गरे। चौँथोँ विकेट पनि ५९ रनमै गुमेको हो। अहिले पीएनजी १४.३ ओभरमा ६४ रन बनाएर खेलिरहेको छ।
यसअघि नेपालका विक्रम सोबले आफ्नो डेब्यु बलमा नै विकेट लिएर कीर्तिमान राखेका थिए। ओडीआईमा डेब्यु बलमा नै विकेट लिने उनी पहिलो खेलाडी भएका छन्।
दोस्रो विकेट पनि उनले नै लिएका हुन्। पीएनजीले कुल रन ३ हुँदा पहिलो र ९ हुँदा दोस्रो विकेट गुमाएको थियो। तेस्रो विकेटका लागि लेगा सिआका र चाल्र्स अमिनीबीच ५० रनको साझेदारी भयो। अमिनी २३ रन बनाएर बाहिरिए। सिआकाले ३० रन बनाए।
ओमान भ्रमणमा रहेको नेपालले आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको श्रृङ्खलाको तयारी स्वरुप पीएनजीसँग दुई खेल खेल्दैछ। दोस्रो खेल शुक्रबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।