काठमाडौं– पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले दोस्रो विकेट लिएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको हो।
दुबै विकेट नेपाली बलर विक्रम सोबले लिएका हुन्। आफ्नो डेब्यु खेलमा कीर्तिमानी विकेट लिएका सोबले आफ्नो दोस्रो ओभरमा पनि विकेट लिएका हुन्।
विक्रमले आफ्नो पहिलो ओभरको पहिलो बलमा र दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन्। उनले पीएनजीका टोनी उरालाई बोल्ड आउट गरेका भने असाद भालालाई क्याच आउट गराएका हुन्।
नवाै ओभरकाे असमाप्पीतीमा एनजीले दुई विकेट गुमाएर ४४ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।