काठमाडौं– पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाली बलर विक्रम सोबले कीर्तिमानी विकेट लिएका छन्।
एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिने नेपालका पहिलो बलर बनेका छन्। विक्रमले दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिएका हुन्। उनले उक्त ओभर मेडन पनि राखेका छन्।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।