• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

अनुभवी पपुवा न्यू गिनीविरुद्ध नेपाल ‘हेड टु हेड’मा पछाडि

64x64
नेपाल लाइभ मंगलबार, भदौ २२, २०७८  १०:००
1140x725
फाइल तस्बिर : आईसीसी

काठमाडौँ– पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध नेपाल पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) खेल्दैछ। यसअघि यी दुई देशले चार पटक ५० ओभरको क्रिकेटमा प्रतिस्पर्धा गरे पनि ती खेलले ओडीआईको मान्यता पाएका थिएनन्।

पीएनजीले नेपालभन्दा चार वर्षअगाडि ओडीआई खेल्न थालेको हो। उसले पहिलो पटक सन् २०१४ मा हङकङविरुद्ध ओडीआई खेलेको थियो। पहिलो ओडीआई नै उनीहरुले जितबाट सुरुआत गरेका थिए। अहिलेसम्म पीएनजीले २८ वटा ओडीआई खेलिसकेको छ।

पीएनजीबाट खेल्ने धेरै खेलाडीसँग नेपालका खेलाडीभन्दा बढी ओडीआई खेलेको अनुभव छ। पहिलो ओडीआई खेलेको टिमका असद भाला, टोनी उरा, लेगा सिआका, चार्ल्स अमिनी अहिले पनि राष्ट्रिय टोलीमा छन्। कप्तान असद भालाले २७ ओडीआई खेलेका छन्। त्यस्तै टोनी उराले २६, लेगा सिआकाले २५ र चार्ल्स अमिनीले १५ ओडीआई खेलेका छन्। सेस बाउले पनि २१ ओडीआई खेलिसकेका छन्। उसका सात खेलाडीले नेपालले खेलेको कुल १० ओडीआईभन्दा धेरै खेलेका छन्।

नेपालबाट पूरै १० वटा ओडीआई खेल्ने खेलाडी पाँच जना मात्र छन्। ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, सन्दीप लामिछाने र पारस खड्काले मात्र सबै ओडीआई खेलेका छन्। तीमध्ये पारसले सन्यास लिइसकेका छन् भने दीपेन्द्रको गोलीगाँठामा चोट लागेका कारण आजको खेलमा उनी उपलब्ध नहुने निश्चित छ।

पीएनजीले खेलेका २८ मध्ये २१ ओडीआईमा पराजय बेहोरोको छ। उसले सात खेलमा मात्र जित हासिल गरेको छ। नेपालले भने पाँच खेलमा जित हासिल गरेको छ भने त्यति नै खेलमा हार बेहोरेको छ।

पीएनजीका तीन खेलाडीले ओडीआईमा शतक बनाएका छन्। तीन जना नै खेलाडी अहिले पनि टिममा छन्। उसका टोनी उराले ६ मार्च २०१८ मा आयरल्यान्डविरुद्ध नटआउट १५१ रन बनाएका थिए। नेपालविरुद्ध पनि उनले नै ‘ओपनिङ’ गर्ने संभावना छ।

कप्तान भालाले पनि २३ सेप्टेम्बर २०१९ मा नामिबियाविरुद्ध शतक बनाएका थिए। उनले हिजो भएको अमेरिकाविरुद्धको एक मात्र ओडीआईमा ६१ रनको अर्धशतकीय पाली खेलेका छन्। बलिङतर्फ उसका नोर्मान भानुआले सर्वाधिक ३४ र कप्तान भालाले २७ विकेट लिएका छन्। भानुआ भने अहिले टिममा छैनन्।

चार खेलमध्ये पीएनजी तीनमा विजयी
नेपालविरुद्ध खेलेका चार वटा ५० ओभरको खेलमा पीएनजी तीन पटक विजयी भएको छ। नेपालले एउटा खेल मात्र आफ्नो पक्षमा पारेको छ। यी दुई टिमबीच पहिलो भेट १६ वर्षअघि भएको थियो। अन्तिम खेल भने सन् २०१८ मा भएको थियो। सुरुका तीन खेलमा नेपाल लगातार पराजित भएको थियो, तर, अन्तिम पटकको भेटमा भने नेपाल विजयी भएको थियो।

Ncell 2
Ncell 2

अन्तिम पटक सन् २०१८ मार्चमा जिम्बाब्बेमा भएको आईसीसी विश्वकप छनौटमा नेपाल र पीएनजीबीच खेल भएको थियो। यो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले चार-चार विकेट लिँदा पीएनजी ११४ रनमा नै समेटिएको थियो। दीपेन्द्रले अविजित ५० रन बनाएपछि नेपालले चार विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो।

त्यसअघि सन् २०१५ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पीएनजीसँग नेपालले दुई खेल खेलको थियो। दोस्रो खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले ८ विकेट क्षतिमा २२४ रन बनाएको थियो। तर, नेपालले जित हासिल गर्न सकेन।

पीएनजीसँगको पहिलो खेलमा पनि नेपाल दुई विकेटले पराजित भएको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले आठ विकेट क्षतिमा २३२ रन बनाएको थियो। पीएनजीले खेल सकिन तीन बल बाँकी हुँदा लक्ष्य भेट्टाएको थियो। 

यी दुई देशबीच पहिलो खेल भने सन् २००५ मा भएको थियो। विश्वकप छनौट श्रृङ्खला अन्तर्गत मलेसियामा भएको खेलमा नेपाल ७० रनले पराजित भएको थियो। नेपालको टिममा मेहबुब आलाम, विनोद दास, धिरेन्द्र चन्द, शक्ति गौचन, परेश लोहनी, मनोज वैश्य, दीपेन्द्र चौधरी लगायत खेलाडी थिए। उक्त प्रतिस्पर्धामा पारस खड्काले तेस्रो नम्बरमा ब्याटिङ गर्दै पहिलो अर्धशतक बनाएका थिए।

कमजोर पीएनजीविरुद्ध उदाउँदो नेपाल
अहिले नेपाल र पीएनजी नै आईसीसी वर्ल्ड क्रिकेट लिग–२ मा प्रतिस्पर्धा गरिरहेका छन्। सात टिम संलग्न यो प्रतियोगितामा अहिलेसम्म पीएनजीले आठ खेल खेल्दा कुनै पनि जित हासिल गर्न सकेको छैन। अंक तालिकामा पीएनजी पुछारमा छ।

नेपालले भने चार खेल खेल्दा दुईमा जित हासिल गरेको छ। चार अंकसहित नेपाल छैटौँ स्थानमा छ। तर, नेपाल सबैभन्दा कम खेल खेल्ने देश हो। सबैभन्दा बढी १२ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो र १० खेल खेलेको ओमान १६ अंकसहित पहिलो स्थानमा छन्।

नेपालले डेढ वर्षदेखि ५० ओभरको खेल खेलेको छैन। तर, केही महिनाअघि कीर्तिपुरमा भएको नेदरल्याण्ड्स र मलेसियासहितको ‘ट्राइ नेसन सिरिज’ नेपालले जितेको थियो। 

उता पीएनजी भने हिजो मात्र भएको अमेरिकासँगको खेलमा पराजित भएको छ। पहिला ब्याटिङ गरेको पीएनजी ४४.२ ओभरमा अलआउट हुँदै १५८ रन बनाएको थियो। उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए। अमेरिकाले २८.२ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीलाई विश्वप्रकाशले कांग्रेसमा भित्र्याए
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने
सम्बन्धित सामग्री
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले जिम्बाब्बेविरुद्ध निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २५४... सोमबार, फागुन ११, २०८२
ब्रिटिश गोर्खाली क्रिकेट लिगको टाइटल स्पोन्सर ब्रिज इन्टरनेशनल, खेल र शिक्षालाई सँगै लैजाने प्रतिबद्धता नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स र पूर्व इसिबी म्यानेजर पल बेडफोर्डले... सोमबार, फागुन ११, २०८२
टी–२० विश्वकप: भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउने क्रममा भारत १८.५... सोमबार, फागुन ११, २०८२
ताजा समाचारसबै
रास्वपा नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीलाई विश्वप्रकाशले कांग्रेसमा भित्र्याए बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने बिहीबार, फागुन १४, २०८२
२० फागुनदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने बिहीबार, फागुन १४, २०८२
मतदाता परिचयपत्र नभए पनि वैकल्पिक सरकारी कागजातबाट मतदान गर्न सकिने बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्