काठमाडौं- अमेरिकाले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीमाथि ७ विकेटको जित हात पारेको छ। जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
अमेरिका कप्तान स्टिभ टेलरले ८२ रनको आक्रामक इनिङ खेल्दै सहज जित दिलाए। उनले ५५ बलमा ७ चौका र ७ छक्का प्रहार गरेका थिए।
यता, विकेटकिपर मोनक पटेल ३४ रनमा अविजित रहे। सुशान्त मोडानी २४ र गजानन्द सिंह ९ रनमा आउट भए। पपुवा न्युगिनीका डेमियन राभू र चाल्र्स अमिनीले एक एक विकेट लिए।
त्यसअघि अल अमरेत क्रिकेट क्रिकेट मैदान ओमानमा टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ४४.२ ओभरमा १ सय ५८ रनमा अल आउट भएको थियो।
पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ७४ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए।
सेसे बाउ ३१, गाउडी टोका १८ र जेसन किला १० रनमा आउट भए।अमेरिका स्पिनर निसर्ग पटेलले ४ विकेट लिए। नोस्टुश केंजीगेले ३ र सौरभ नेत्रवालकारले २ विकेट लिए।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज अघि तयारीको लागि दुई/दुई खेल खेलेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।