काठमाडौं- साविक विजेता ललितपुर प्याट्रीयट्सले अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईलाई अनुबन्ध गरेको छ।
ललितपुरले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि तेस्रो विदेशी खेलाडीको रुपमा २१ वर्षीय अफगानी अलराउन्डर आजमतुल्लाहलाई अनुबन्ध गरेको हो।
उनले राष्ट्रिय टोलीबाट गत जनवरीमा आयरल्यान्डविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए। उनले पाँच प्रथम श्रेणी, २४ लिष्ट ए र १० टि२० खेलेका छन्।
ललितपुरले यसअघि विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लेकलाई अनुबन्ध गरि सकेको छ।
ललितपुरमा ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, राशिद खान, कमल खत्री, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, विभत्सु थापा र अरियो पौडेल लगायतका खेलाडी छन्।
ईपीएल असोज ९ देखि २३ सम्म टियूमा हुनेछ। ईपीएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।