काठमाडौं- आगमी अक्टोबर नोभेम्बरमा युएई र ओमानमा हुने टि२० विश्वकपको लागि पाकिस्तानले टोली घोषणा गरेको छ। सोमबार बाबर आजमको कप्तानीमा १५ सदस्य घोषणा टोली घोषणा गरिएको हो।
यसपटक ओपनर फखर जमान, शोएब मलिक र तीव्र गतिका बलर वहाब रियाजलगायतका टोलीमा समेटिएको छैनन्।
पाकिस्तान विश्वकपको सुपर १२ को समूह ‘बी’ मा छ। यस समूहमा पाकिस्तानसँगै भारत, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहने छन्।
पाकिस्तानले पहिलो खेलमा अक्टोबर २४ मा भारतसँग खेल्ने छ। दोस्रो खेल न्युजिल्यान्डसँग २६ अक्टोबरमा खेल्ने छ भने २९ अक्टोबरमा अफगानिस्तानसँग खेल्ने छ।
२ नोभेम्बरमा पाकिस्तानले समूह ‘ए’ को उपविजेतासँग खेल्ने छ। २७ नोभेम्बरमा समूह ‘बी’को विजेतासँग पाकिस्तानले प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुईमा रहे सेमिफाइनलमा स्थान बनाउने छ। सेमिफाइनलमा स्थान बनाउन भारत र न्युजिल्यान्ड मध्य एकलाई हराउन पर्ने हुन्छ।
पाकिस्तानी टोली:
बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), शादब खान, आसिफ अली, आजम खान, हरिस रौफ, हसन अली, ईमाद वासिम, खुशदील शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र सोहिब मकसुद।
वैकल्पिक खेलाडी: फखर जमान, उस्मान कादिर र शाहनवाज दहानी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।