काठमाडौं- भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवि शास्त्रीलाई कोरोना संक्रमण भएको छ।
आईसीसीका अनुसार शनिबार गरिएको परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो। शास्त्रीलाई कोरोना देखिएसँगै अन्य तीन कोचिङ स्टाफलाई पनि आसोलेसनमा राखिएको छ।
बलिङ प्रशिक्षक भरत अरुण, फिल्डिङ प्रशिक्षक आर श्रीधर र फिजियोथेरापिस्ट नितिन पटेललाई पनि आइसोलेसनमा राखिएको हो।
अहिले भारतीय टिम इंग्ल्यान्ड भ्रमणमा रहेको छ।
ओपनर रोहित शर्माको शतकको सहयोगमा भारतले इंग्ल्यान्डविरुद्ध चौंथो टेस्ट खेलको दोस्रो इनिङमा अग्रता लिएको छ। तेस्रो दिनको समाप्तिमा भारतले ९२ ओभरमा ३ विकेट गुमाउँदै २ सय ७० रन बनाएको छ। पहिलो इनिङमा ९९ रनले पछि परेको भारतले समग्रमा १ सय ७१ रनको अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।