काठमाडौं- जापानमा जारी टोकियो पाराओलम्पिक २०२० को तेक्वान्दोमा पलेशा गोवर्द्धन रिपिचेजतर्फ फाइनलमा पराजित भएकी छिन्।
रिपिचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई २३-१५ ले पराजित गर्दै पलेशाले फाइनलमा स्थान बनाएकी थिइन्। उनले कास्य पदकका लागि चीनकी युजी लीसँग प्रतिस्पर्धा गरेकी थिइन्। तर, उनी १२-९ पराजित हुँदै ऐतिहासिक पदक जित्नबाट बञ्चित भइन्।
त्यसअघि महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१-८ ले पराजित भएकी थिइन्। त्यसपछि उनले रेपिचेजमार्फत् कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन्।
रिपिचेजतर्फ पलेशाले क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रायना सालिनारोलाई १०-० ले पराजित गरेपछि सेमिफाइनलमा स्थान बनाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।