काठमाडाैं– बंगलादेशका ब्याट्सम्यान तथा एकदिवसीय कप्तान तमिम इकबाल र श्रीलंका पूर्वकप्तान उपुल थरंगाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।
उनीहरु दुबैले भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्न लागेका हुन्। बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमले ६४ टेस्ट, २ सय १९ ओडिआई, ७८ टि२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनले टि२० आईमा १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ७ सय ५८ रन बनाएका छन्। उनले ओडिआईमा १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६ सय ६६ रन बनाएका छन्।
यता, थरंगा गतवर्ष ललितपुर प्याट्रियट्रसमा आबद्ध गएको बताइएको थियो। तर, कोरोना महामारीका कारण प्रतियोगिता समयमै हुन सकेन। यस सिजनमा उनलाई भैरहवाले टोलीमा भित्र्याएको छ।
थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडीआई र २६ टि२० आई खेल खेलेका छन्।ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतकसहित ६ हजार ९ सय ५१ रन बनाएका छन्। टि२० क्रिकेटमा दुई शतक र १९ अर्धशतकसहित ३ हजार ३ सय ८४ रन बनाएका छन्।
भैरहवाले यसअघि घोषणा गरेको श्रीलंका पूर्वकप्तान तथा विकेटकिपर दीनेश चान्डिमल नआउने निश्चित भएको छ। भैरहवाको प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दसानायेके रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।