काठमाडाैं– श्रीलंका क्रिकेट टोलीका विकेटकिपर तथा ब्याट्सम्यान दिनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट नाम फिर्ता लिएका छन्।
शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्समा यसै महिना अनुबन्धित भए पनि व्यस्तताले उनले नाम फिर्ता लिएका हुन्।
श्रीलंकाले बिहीबारदेखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग ३ एकदिवसीय र तीन टि२० आई सिरिज खेल्दै छ। उक्त सिरिजको लागि चान्डिमल श्रीलंका टोलीमा पुनरागमन गरेका छन्। दक्षिण अफ्रिकासँगको सिरिज १४ सेप्टेम्बर सम्म चल्नेछ।
चान्डिमलले राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको ६ खेलमा २ अर्धशतकसहित १ सय ८३ रन बनाएका छन्।
उनी टि२० विश्वकपमा श्रीलंका टोलीमा पुनरागमन हुनेमा पनि विश्वस्त रहेका छन्। टि२० विश्वकप अक्टोबर १७ देखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।