image Credit: iStock Photo
काठमाडौं- तालिबानले अफगानिस्तानको कब्जा पछि पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीलाई टेस्ट म्याच खेल्न अनुमति दिएको छ।
तालिबानले नयाँ सरकार गठन नगर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) माथि हस्तक्षेप गरेको थियो। उनीहरुले एसीबीका पूर्वअध्यक्ष अजिजुल्लाह फाज्लीलाई नै पुनः निमित्त अध्यक्ष नियुक्त गरेका छन्। तर, करिब एक हप्तामै तालिबानले राष्ट्रिय टोलीलाई टेस्ट खेल्न अनुमति दिएको हो।
तालिबानको नयाँ शासन अन्तर्गत अन्तर्राष्ट्रिय खेलहरु सधैं जस्तै जारी रहने आशा जगाएको छ।
अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी हमिद शिनवारीले एएफपी समाचार एजेन्सीलाई भने, ‘हामीले टोलीलाई अस्ट्रेलिया पठाउन स्वीकृति दिएका छौं।’
२ नोभेम्बरदेखि १ डिसेम्बरसम्म होबार्टमा खेल्ने टेस्ट म्याच गत बर्षको लागि तय गरिएको थियो। तर कोरोना महामारी र अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको कारण स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।