फाइल तस्वीर
काठमाडौं– नेपाल र पिएनजीबीच हुने एकदिवसीय अन्तराष्ट्रिय सिरिजको प्रत्यक्ष प्रसारण डिस होमले गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्कबीच मंगलबार खेल प्रसारणसम्बन्धी सम्झौता भएको हो।
डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपालले ओमान भ्रमणको क्रममा पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेल भदौ २० गते अल अमिरात क्रिकेट ग्राउन्डमा खेल्नेछ । दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेल भदौ २३ गते खेलाइनेछ।
सम्झौताअन्तर्गत ओमानमा आयोजना हुने खेल डिसहोमले एक्सट स्पोर्टस् एचडीवान र डिसहोम गो ओटी एपमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।