काठमाडौं- भुटानका ब्याट्सम्यान रन्जुङ्ग मिक्यो दोर्जीले चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।
दोर्जीले साविक विजेता ललितपुर प्याट्रियसबाट ईपीएल खेल्न लागेका हुन्। ललितपुरले मंगलाबार एक विज्ञप्ति जारी गर्दै उनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो। योसँगै उनी भुटानबाट ईपीएल खेल्ने पहिलो खेलाडीसमेत बन्नेछन्।
‘साविक विजेता ललितपुरबाट खेल्न पाउँदा निक्कै खुसी छु। यो मौका दिनुभएकोमा सबैलाई धन्यवाद,’ दोर्जीले भनेका छन्।
ललितपुरले इंग्ल्याण्डका एलेक्स ब्लेकलाई पनि अनुबन्ध गरिसकेको छ। इंग्ल्याण्डका बायाँ हाते ब्याट्सम्यान एलेक्सले टी २० मा १४० खेल खेलेका छन्। एलेक्स ललितपुरको यस सिजनको पहिलो विदेशी खेलाडी हुन्।
आगामी ९ देखि २३ असोजसम्म चल्ने प्रतियोगितामा ललितपुर प्याट्रियट्स, काठमाडौं किंग्स इलावेन, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज, विराटनगर्स वारियर्स चितवन टाइगर्स गरि ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।