काठमाडौं- चितवन टाइगर्सले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंकाका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ।
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि ३६ वर्षीय प्रसन्नालाई चितवनले अनुबन्ध गरिएको हो।
उनले श्रीलंकाबाट एक टेष्ट, ४० ओडिआई, २० टी२० आई र १ सय ७० टी२० क्रिकेट खेलेका छन्।
उनले टी२० आईमा २ सय १४ रन बनाउँदै १० विकेट लिएका छन्। टी२० क्रिकेटमा १ हजार ७ सय ७७ रन बनाएका छन् भने १ सय ३५ विकेट लिएका छन्।
चितवनले यसअघि अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद शाहजाद, पाकिस्तानका अलराउन्डर दानिस अजिज र मलेसिया युवा ब्याट्सम्यान विरनदीप सिंहलाई अनुबन्ध गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।