काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको हो। क्यानले खुल्ला प्रतिस्पर्धाबाट नयाँ जर्सी डिजाइन छनोट गरेको हो।
गत वैशाखमा नेदरल्याण्ड्स र मलेसियासँग टी२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले जर्सी डिजाइन प्रतिस्पर्धा खुला गरेको थियो। जसमा पाँच सयभन्दा बढीले सहभागिता जनाएका थिए।
नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन्। उनले नगद एक लाख रुपैयाँ पुरस्कार पाए।
जर्सी डिजाइन छनोटका लागि क्यानले सर्ट लिष्टको लागि चार सदस्य छनोट समित बनाएको थियो। छनोट समितिमा नेपाल क्रिकेट संघ म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रिय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि रहेका थिए।
छनोट समितिले सर्टलिष्ट क्यानलाई पठाएको थियो। क्यानको बोर्ड बैठकले उत्कृष्ट जर्सी छनोट गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।