काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाएको छ।
आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि क्यानले आइतबार २४ खेलाडीलाई प्रारम्भिक रुपमा चयन गरेको हो।
क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार बन्द प्रशिक्षणमा रुबिना क्षेत्रीसहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगमलगायत खेलाडी रहेका छन्।
एसिया छनोट आगमी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा हुनेछ।
प्रतियोगितामा नेपालसहित भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरि ८ देशको सहभागीता हुनेछ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी२० विश्वकपको लागि नेपालले एसिया छनोट खेल्ने लागेको हो। एसिया छनोटको विजेता ५ क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्।
ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टी२० विश्वकपको लागि स्थान बनाउने छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।