काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा रोयल च्यालेन्जर्स बैंग्लोरले तीन विदेशी खेलाडी परिवर्तन गरेको छ।
टी२० विश्वकपको कारण राष्ट्रिय टोलीमा ब्यस्त हुँदा अष्ट्रेलियाका तीव्र गतिका बलर ड्यानियल साम्स, स्पिनर एडम जाम्पा र न्युजिल्यान्डका ओपनर फिन एलेनले आफ्नो नाम फिर्ता लिएका छन्।
जाम्पा अष्ट्रेलिया टी२० विश्वकपको अन्तिम टोलीमा छन्। साम्स वैकल्पिक खेलाडीमा छन्। एलेन भने बंगलादेश र पाकिस्तान भ्रमणको लागि न्युजिल्यान्ड टोलीमा परेका छन्।
उनीहरुको स्थानमा बैंग्लोर ले श्रीलंका तीव्र गतिका बलर दुश्मन्था चामिरा, लेगस्पिनर वानिन्दु हसरंगा र अष्ट्रेलिया टिम डेविडलाई अनुबन्ध गरेको छ।
आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म यूएईमा चल्ने छ। टी२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने छ।
न्युजिल्यान्डले सेप्टेम्बर १ देखि १० सम्म बंगलादेशविरुद्ध पाँच टी२० आई सिरिज खेल्ने तय छ। १७ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म पाकिस्तानसँग तीन ओडिआई र पाँच टी२० आई सिरिज खेल्ने छ।
बैंग्लोर २० सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ। गत बैशाखमा कोरोना कारण स्थगित हुनुअघि बैंग्लोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।