काठमाडौं– आगामी अक्टोबर १७ देखि युएई र ओमानमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ।
एरोन फिन्चको कप्तानीमा रहेको अस्ट्रेलियाली टोलीमा डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल मार्स र म्याथ्यु वेड छन्।
यसैगरी, टोलीमा एस्टन अगर, प्याट कमिन्स, मिचेल स्टार्क, केन रिचार्डसन, एडम जाम्पा, जोस हेजलउड, मार्कस स्टोइनिस, मिचेल स्वेप्सन र जोस इंग्लिस छन्।
यसअघि अस्ट्रेलियाले वेस्ट इन्डिज र बंगलादेशविरुद्ध खेलेको टोलीमा अधिकांश पहिलो रोजाइका खेलाडीलाई पठाएको थिएन। फिन्च घुँडाको चोटका कारण केही समयदेखि मैदान बाहिर थिए।
प्रतियोगितामा अस्ट्रेलियाले सुपर–१२ बाट प्रतिस्पर्धा गर्ने छ। उसले पहिलो खेलमा अक्टोबर २३ तारिखमा दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।