काठमाडौं– युएई र ओमानले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। खेल अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो। यसअघि भारतमा हुने तय भएको प्रतियोगिता कोरोना संक्रमणका कारण सरेको थियो।
सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ।सुपर १२ अन्तर्गत समूह २ मा रहेको भारतले अक्टोबर २४ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई देशबीचको खेल दुबईमा हुनेछ।
प्रतियोगिताको पहिलो चरणमा रहेका ८ टोलीमध्ये उत्कृष्ट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।
पहिलो चरण खेल्नेमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन्।
सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहनेछन्।
यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज रहेका छन्। पहिलो राउण्डको समूह ’ए’ को विजेता र समूह ’बी’ को उपविजेता यस समूहमा रहनेछन्।
प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर १० मा अबुधाबीमा र दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा दुबईमा हुनेछ।
प्रतियोगिताको फायनल भने नोभेम्बर १४ मा दुबईमै हुने आईसीसीले जनाएको छ।
यस्तो छ खेल तालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।