काठमाडौं- नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अघि पपुवा न्यूगिनीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृङ्खला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै नेपालले ५ र ८ सेप्टेम्बर (२० र २३ भदौ) मा पपुवा न्यूगिनीसँग दुई वटा ओडीआई खेल्ने जनाएको हो।
क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत ओमानमा हुने घरेलु टिमसहित अमेरिकाविरुद्धको ओडीआई श्रृङ्खलाको तयारीमा रहेको नेपालले त्यसअघि पपुवा न्यूगिनीसँग खेल्ने भएको हो। लिग-२ अन्तर्गतको उक्त प्रतियोगिता २८ भदौदेखि ४ असोजसम्म ओमानमा नै हुँदैछ।
पपुवा न्यूगिनीसँगको दुई खेलमध्ये पहिलो खेल दिउँसो हुनेछ भने दोस्रो खेल ‘डे/नाइट’ हुने क्यानले जनाएको छ। उक्त प्रतियोगिताका लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ। बन्द प्रशिक्षणमा १९ खेलाडी छन्।
पूर्वकप्तान पारस खड्काले सन्यासको घोषणा गरेपछि यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।