तस्बिर: बीबीसी
काठमाडौं- एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली खेलाडीहरुले पाउँदै आएको तलब वृद्धि गरिने भएको छ।
ईपीएल आयोजक र फ्रेन्चाइज टोलीका प्रतिनिधिहरुबीच आइतबार भएको छलफलमा खेलाडीहरुले पाउँदै आएको तलब २० प्रतिशत वृद्धि गर्न सहमत भएको हो।
ईपीएलका प्रबन्धनिर्देशक आमिर अख्तरले अहिले कोरोना महामारीका कारण खेलाडीहरुले आर्थिक समस्या भोगिरहेकाले तलब बढाउने निर्णय गरिएको जानकारी दिए।
‘कोभिड–१९ को महामारीका कारण खेलाडीहरुले लिगमा सहभागी हुन र पारिश्रमिक पाउन सकेका छैनन्। त्यसैले यो वर्ष २० प्रतिशत तलब बढाउन सहमत भएको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।