फाइल तस्वीर
काठमाडौं– श्रीलंकाली ब्याट्सम्यान दिनेश चन्दिमलले एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन्। उनले भैरहवा ग्लाडिएटर्सबाट लिग खेल्न लागेका हुन्।
दिनेश चन्दिमलसँग अनुबन्ध सम्झौता गरेको भैरहवा ग्लाडिएटर्सले जनाएको छ।
चन्दिमलले आफू नेपाल पुगेर एभरेष्ट प्रिमियर लिग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएको े भैरहवा ग्लाडिएटर्सले बताएको छ।
श्रीलंकाका लागि ६२ टेष्ट खेलेका चन्दिमलले १४९ अन्तर्राष्ट्रिय एकदिवसीय र ५७ अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलिसकेका छन्।
यसअघि क्रिस गेल तथा साहिद अफ्रिदीलगायत चर्चित खेलाडीले समेत लिगमा सहभागी हुन विभिन्न क्लबसँग सम्झौता गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।