काठमाडौं- वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका ब्याट्सम्यान शोएब मलिकले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।
आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै ब्रेथवेट र मलिक नेपाल आउने पक्का भएको जनाएको हो। तर, उनीहरुले कुन टोलीबाट खेल्छन् भन्ने सार्वजनिक गरेको छैन।
वेस्टइन्डिज काकार्लोसले २०१६ को टी२० विश्वकप जिताएका थिए। यता, मलिक पाकिस्तानका सर्वाधिक सफल खेलाडी हुन्।
आगमी असोज ९ देखि टीयू क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताका लागि पाकिस्तानका शाहिद अफ्रिदीलाई काठमाडौं किंग्स ११ ले भित्र्याएको छ।
यस्तै, चितवनले पाकिस्तानका दानिश अजिजको नाम सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।