काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले गण्डकी प्रदेश सरकारलाई राष्ट्रियस्तरको मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव गरेको छ।
सोमबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र अन्य पदाधिकारीहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर उक्त प्रस्ताव राखेका हुन्।
भेटमा क्यानको टोलीले गण्डकीका मुख्यमन्त्रीलाई प्रदेशको क्रिकेट पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गरेको छ।
उक्त प्रस्तावलाई मुख्यमन्त्री पोखरेलले सकारात्मक रुपमा लिएको क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।