काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक गरिएको छ। आयोजक ईपीएल प्रालिले सोमबार चौथो संस्करणको विजेताले पाउने ट्रफी सार्वजनिक गरेको हो।
आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकले दाबी गरेको छ।
आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले ट्रफी विशेष खालको रहेको जानकारी दिए।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदै छ। २०२० मै हुने भनिएको ईपीएलको चौथो संस्करण कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो।
यो ट्रफीका २०१८ मा भएको तेस्रो संस्करणको उपाधि विजेता ललितपुर प्याट्रिओट्ससँगै काठमाडौं किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले ईपीएलमा प्रतिस्पर्धा गर्ने छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता प्राप्त ईपीएलमा विश्व क्रिकेटका नाम चलेका खेलाडीसमेत आउने जनाइएको छ।
यसपटक काठमाडौंले पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ। यस्तै, चितवन टाइगर्सले पनि पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।