काठमाडौं- पाकिस्तानका ब्याट्सम्यान दानिस अजिजले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन्।
चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै उनले इपीएल खेल्ने जानकारी दिएको हो। दानिसले सन् २०२१ सिनियर टिमबाट डेब्यू गरेका थिए।
उनले पाकिस्तान सुपर लिग (पीएसएल)समेत खेलिसकेका छन्। कराँची किङ्सबाट खेलेका उनले १३ बलमा ४५ रन प्रहार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।