काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान पारस खड्काको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको छ।
७७ पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो। उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।
पूर्वकप्तान पारसले केही दिन अगाडि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।