काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा भारतका राकेशकुमार काशिभाई गोहिल नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई फिटनेस ट्रेनरमा नियुक्त गरिएको जनाएको छ
क्यानले गत असार ३० गते फिटनेस ट्रेनरका लागि दरखास्त आह्वान गरेको थियो।
क्यानले आवेदन दिएका ३८ जनाबाट राकेशलाई छनोट गरेको हो।
राकेश अष्ट्रेलियाबाट लेभल-२ कोर्स उत्तीर्ण फिटनेस प्रशिक्षक हुन्।
उनीसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टिमसँग काम गरेको अनुभवसमेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।